सलमान छिट्टै जेलबाट छुट्ने – धराैटीमा रिहा गर्न अदालतले दियो अादेश

– एजेन्सी

काठमाडौँ — कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

जोधपुर अदालतले शनिबार खानलाई भारतीय रुपैयाँ ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गर्न लागेको हो। दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार खान शनिबार साँझ जोधपुर कारागारबाट छुट्ने छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार