पूर्वप्रधानमन्त्री सरिफको राजनीतिक भविष्य समाप्त

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन चुनावमा भाग लिन नपाउने हुने भएको छ । पाकिस्तानको सर्वोच्च अदालतले उनलाई जीवनभरी चुनाव लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन ।

भ्रष्टाचारको आरोप लागेपछि उनले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । सरिफ झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार