प्रियंकालाई प-यो ड्रेसको चिन्ता

भारतीय अभिनेतृ प्रियंका चोपडालाई यतिबेला ड्रेसको चिन्ता परेको छ ।

बेलायती राजकुमार ह्यारी र अभिनेतृ मेगन मर्केलको विवाहमा सहभागी हुन जान लागेकी प्रियंकालाई के लगाउने भनेर टेन्सन परेको छ । तीन वर्षदेखि मर्केललाई चिन्दै आएकी बलिउडकी प्रियंकालाई विवाह समारोहमा सहभागी हुन निम्ता आइसकेको छ ।

ह्यारी र मर्केलबीच विवाह गर्न दश दिन मात्र बाँकी छ तर बिवाहमा कुन ड्रेस लगाउने भन्ने बारेमा प्रियंकाले टुंगो लगाएकी छैनन् ।

‘केही आइडिया छ तर कस्तो लुगा छान्ने भनेर अहिले नै निर्णय गरिसकेकी छैन,’ प्रियंकाले भनिन्, ‘न त उपहारकै बारेमा केही सोचेकी छु ।’ उनले पूर्व अमेरिकी अभिनेत्री मर्केलको बेलायती राजपरिवारसँगको जोडिन लागेको सम्बन्धलाई विश्वले जसरी सकारात्मक प्रतिक्रिया दियो, त्यसले खुसी तुल्याएको बताइन् ।

‘विश्वले जसरी उनीप्रति प्रतिक्रिया जनाएको छ, त्यसले खुसी बनाएको छ,’ उनले भनेकी छन्, ‘मलाई के थाहा छ भने उनी आजको विश्वकी सान्दर्भिक महिला हुन् ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार