अमेरिकामा रहेका आप्रवासीलाई पक्राउ गर्न सुरु


अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो।अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ।

अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका अवैध आप्रवासीको संख्या कटौती गर्ने नीति अघि सारेका छन् ।

उनले अमेरिकामा यसअघि विभिन्न मुलुकका नागरिकलाई दिदैं आएको अस्थायी आवास अनुमतिको सुविधा हटाउन लागेका हुन्।आप्रवासीका कारण मुलुकको सुरक्षा व्यवस्था कमजोर हुन पुगेको भन्दै अमेरिकी सरकारले यस्तो नीति लिएको हो। गृहयुद्ध, प्राकृतिक विपद्, भोकमरी लगायतका संकट झेल्दै आएका मुलुकका नागरिकका लागि अमेरिकाले यसअघि अस्थायी बसोबासको अनुमति दिदैं आएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार