
दक्षिण अमेरिकी देश ब्राजिललाई फुटबलको देश पनि भनिन्छ।फिफा विश्वकप फुटबलमा अहिलेसम्म पाँच पटक उपाधि जित्ने ब्राजिल एक्लो देश हो।अहिलेसम्म भएका सबै विश्वकपमा ब्राजिलले सहभागिता जनाएको छ।

फुटबलका महान खेलाडी पेले ब्राजिलमा जन्मिएका हुन्।
विश्वकप चलिरहेको अवस्थामा ब्राजिल यतिबेला असिमित चर्चामा छ।सारा विश्वको ध्यान ब्राजिलमाथि छ। यसपटकको विश्वकप उपाधि ब्राजिलले जित्ने फुटबल पण्डितहरुको दावी छ।
फुटबल बाहेक ब्राजिलको आफ्नै अलग्गै इतिहास छ।ब्राजिलबारे केहि रोचक तथ्यहरु यस्ता छन्:
दक्षिण अमेरिकाको सबैभन्दा र विश्वको पाँचौ ठूलो देशमा पर्ने ब्राजिलको जनसंख्या २० करोड ७० लाख भन्दा धेरै छ।जनसंख्याको हिसाबले पनि यो विश्वको पाँचौं धेरै जनसंख्या भएको देश हो।
ब्राजिलका अठासी प्रतिशत भन्दा धेरै मानिसहरु क्रिस्चियन धर्म मान्छन्।
चिली र इक्वेडर छोडेर ब्राजिलको सिमा दक्षिण अमेरिकाको सबै देशलाई छोएको छ।
ब्राजिलमा फुटबल लोकप्रिय हुनाको कारण यहाँको हरेक शहरमा फुटबल रंगशाला निर्माण गरिएको छ।
विश्वमा सबैभन्दा धेरै कफि निर्यात गर्ने देश ब्राजिल हो।यसले ब्राजिलको ठूलो अर्थतन्त्र ओगटेको छ।
ब्राजिलको शहर रियो द जेनेरियोमा रहेको ‘ क्राइस्ट द रिडिमर’ विश्वको सातौं आश्चार्यमा पर्छ। यो ३८ मिटर अग्लो र ६३५ टन वजन रहेको छ।यो निर्माण गर्नको लागी पाँच बर्षको समय लागेको थियो जसलाई सन् १९३५ मा खुला गरिएको हो।
विश्वको सबैभन्दा ठूलो नदी ‘अमेजन’को सबैभन्दा धेरै हिस्सा ब्राजिलमा रहेको छ।
अमेजन जंगलमा बस्ने लाखौं आदिवासीहरू जो आजपनी आधुनिक मानिसहरुको सम्पर्क भन्दा टाडा रहेको छन्।
ब्राजिलको एक आइल्याण्ड बिषालु सर्पले भरिएर रहेको छ। जहाँ अत्यन्त खतरनाक विषालु सर्पहरु रहेका छन्। ब्राजिलका नेभीले यस आइल्याण्डको सुरक्षा गर्छन्।
अमेरिकापछि विश्वको सबैभन्दा धेरै एयरपोर्ट ब्राजिलमा रहेको छ।
















