अमेरिकामा १८ नेपाली सहित ८० आप्रवासी पक्राउ

अमेरिकी ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको छ। उनिहरुलाई ओरेगनको एउटा कारागारमा राखिएको जनाइएको छ। सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ।

त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ। सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ। एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानुनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ। चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले सो कारागारको भ्रमण गरेको थियो।

8

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार