यसो भनिन् नरेन्द्र मोदीकी पत्नी जसोदाबेनले


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित रहेको भन्दै उनकी पत्नी जसोदाबेनले भ्रम नफैलाउन आग्रह गरेकी छिन् । उनले भनिन् ‘एक महिला भएर पनि आनन्दीबेन पटेलले दिएको बयानले मलाई यो सफाइ दिन परिरहेको छ, मेरो लागि यो दुःखको कुरा हो, मोदी विवाहित हुनुको बाबजुद मानिसहरु यस्तो बयान दिइरहेका छन् ।’

जसोदाबेनले पटेलको उक्त बयानबाट आफू दुःखी भएको बताएकी छिन् । आनन्दीबेन पटेलले मोदीलाई अविवाहित भनी बताएकी थिइन् ।

गुजरातकी पूर्व मुख्य मन्त्री तथा मध्यप्रदेशकी अहिलेकी सांसद आनन्दीबेनले एक कार्यक्रममा भनेकी थिइन्, ‘नरेन्द्र भाइले बिहे गरेका छैनन् तर महिला र बच्चाको पीडा बुझ्छन् ।’

आनन्दीबेनको यो बयानले जसोदाबेन र उनको परिवार बढी नै स्तब्ध भएको छ । जसोदाबेनले भनिन् ‘सबैलाई थाहा छ कि नरेन्द्र मोदीको बिबाह भएको थियो फेरि मानिसहरु किन झुठो फैलाइरहेका छन् त ?’

जसोदाबनेले यो बयान त केवल राजनीतिक उद्धेश्यले मात्र फैलाउन सकिने पनि बताएकी छिन् ।

मोदी विवाहित भए पनि उनले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा निर्वाचनको नामांकन फारममा वैवाहिक स्थिति खुलाएका थिएनन् ।

सन् २०१४ को लोकसभा निर्वाचनमा पहिलो पटक मोदीले औपचारिक रुपले बिबाह गरेको कबूल गरेका थिए ।

उनले नामांकन फारममा जोसदाबेनसंगै बिबाह गरेको बताएका थिए । त्यसपछि मोदीका भाइ सोमाभाइ दामोदरदास मोदीले एक बयानमा नरेन्द्र मोदीको बिबाह भएको तर बिहानको केही दिनमै जसोदाबेन र मोदी अलग भएको बताएका थिए ।

सोमाभाइले भनेका थिए, ‘हामी सामाजिक र आर्थिक रुपले पिछडिएको जातिसंग सम्बद्ध छौं, हाम्रो समाजमा बाल बिबाहको प्रथा प्रचलित थियो, १७ वर्षको उमेरमा मोदीको जसोदाबेनसंग बिबाह भएको थियो र केही दिनमै उनीहरु अलग्गिएका थिए, तर दुवैले अहिलेसम्म पारपाचुके भने गरेका छैनन् ।’

सर्वोच्च अदालतको फैसला
भारतको सर्वोच्च अदालतले सन् २०१३ मा एक फैसला गरेको थियो कि सबै प्रत्यासीले नामांकनमा मागिएको जानकारी दिनुपर्छ । यदि कुनै स्थान खाली छाडिए नामांकन फारम रद्द हुनेछ । तब मात्र मोदीले जसोदाबेनको नाम भरेका थिए । (बीबीसीबाट)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार