यी हुन् विश्वका सबैभन्दा धनी र गरिब देश

२२ असार, काठमाडौं । कुन देशलाई सबैभन्दा धनी भन्ने ? उत्तर सीधा आउछ, जुन देशसँग धेरै पैसा छ त्यही । तर यो प्रश्नको उत्तर यति धेरै सीधा छैन ।

सबैभन्दा धनी देशको सूची बनाउनका लागि दोस्रो बाटो अपनाइन्छ । जस्तो कि जीडीपी । जीडीपीको अर्थ यो हो कि कुनै अर्थव्यवस्थामा हरेक वर्ष कुल कति सामान र सेवाको उत्पादन हुन्छ ।

विश्व बैंकका अनुसार यदि आकारमा हेर्ने हो भने अमेरिका र चीन सबैभन्दा ठूलो अर्थव्यवस्था भएका देश हुन् । र यो धनलाई त्यहाँ रहने जनसंख्यालाई भाग गर्ने हो प्रतिव्यक्ति आय निस्किन्छ । यसरी हेर्दा सबैभन्दा धनी देशमा अमेरिका वा चीन होइन लक्जेम्बर्ग, स्वीजरल्याण्ड र मकाओ पर्दछन् ।

यद्यपि माथि भनिएका सबै कुराहरु ठीक हुन् । तर केही अर्थशास्त्रीहरु अर्थव्यवस्थाको शुद्धतालाई हेरेर धनी पत्ता लगाउँछन् । त्यसका लागि उनीहरु कुनै देशका नागरिकको क्रय क्षमतालाई हेर्दछन् । साथै अलग-अलग देशका अलग-अलग नागरिकको क्रय क्षमतामा कति समानता छ भनेर पनि जाँच्ने गर्दछन् ।

यसरी हेर्दा कतार, मकाओ, लक्जमबर्गपछि सिंगापुर, ब्रुनाई र कुबेत सबैभन्दा धनी देशको सूचीमा पर्दछन् ।

यी देशहरु पछि सूचीमा संयुक्त अरब इमिरेट्स (यूएई), नर्बे, आयरल्याण्ड र स्वीजरल्याण्डको नाम आउँछ । तेल र प्राकृतिक ग्यासको विशाल भण्डार भउको देश कतार धनी देशको सूचीमा सबैभन्दा माथि छ ।

विगत केही वर्षदेखि कतार धनी देशको सूचीको पहिलो नम्बरमा छ । यद्यपि २०१३ र २०१४ मा मकाओ कतारभन्दा अगाडि थियो । तर सन् २०१५ मा दोस्रोपटक यो दोस्रो स्थानमा झरेको छ ।

मकाओलाई चीनको दक्षिणी तटमा अवस्थित एक स्वायत्त क्षेत्र मानिन्छ । यो मुख्यरुपमा पर्यटन, क्यासिनो उद्योगमा निर्भर छ ।

यसैगरी युरोपीय देश लक्जम्बर्गको आर्थिक विकास लगानीको प्रवन्ध र निजी बैंकको मुनाफाबाट भएको छ । लक्जम्बर्गको कर प्रणाली ज्यादै सुस्त छ । त्यसै कारण यहाँका बैंकहरुले धेरै नाफा आर्जन गर्दै आएका छन् ।

गिनी कोफिसेन्ट (इन्डेक्स)को आधारमा धनी र गरिबबीचको खाडल नाप्ने गरिन्छ । यसको प्रतिपादन इटालियन तथ्यांकशास्त्री एवम् समाजशास्त्री कार्डो गिनीले गरेका थिए । यसको अनुपात शून्यदेखि एकको बीचमा रहन्छ । शून्यको मतलव पूरै असमान मानिन्छ । यद्यपि यसको आलोचना पनि हुने गर्दछ ।

विश्व बैंकको तथ्यांकअनुसार दक्षिण अफि्रका, हाइटी र होन्डुरस विश्वको सबैभन्दा असमान देशको सूचीमा छन् । यी देशपछि कोलम्बिया, ब्राजिल, पनामा, चिली, रुवान्डा, कोस्टारिका र मेक्सिकोको नाम आउँछ ।

वास्तवमा ल्याटिन अमेरिका र क्यारेबियन विश्वका सबैभन्दा असमान क्षेत्र हुन् । यीपछि सब-सहारा अफि्रकाको नाम आउँछ ।

-बीबीसी हिन्दीबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार