शताब्दीकै लामाे चन्द्रग्रहण : विभिन्न ठाउँबाट यस्ताे देखियाे ‘ब्लुड मुन’ (तस्वीरमा)


Image: Total Lunar Eclipse Over Germany

काठमाडाै‌ँ । शुक्रबार राति शताब्दीकै लामाे पूर्ण खग्रास चन्द्रग्रहण लाग्याे । यो ग्रहण झण्डै ४ घन्टा (३ घन्टा ५५ मिनेट)काे थियाे ।

मध्यरात १२ बजेर ९ मिनेटमा सुरु भएकाे ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिएकाे र भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिएकाे नेपाल एस्ट्राेनाेमिकल साेसाइटिले जनाएकाे छ ।

यसपटकको चन्द्र ग्रहण हल्का रातो वा तामा रंग देखिएकाे थियाे । यसलाई ‘ब्लुड मुन’ भन्ने गरिन्छ । नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित युरोप तथा केही अफ्रिकी देश र उत्तर अमेरिकाका अधिकांश ठाउँबाट यो चन्द्र ग्रहण देखिएको हाे ।

अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि १ घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा राताे देखेकाे बताएका छन् ।

विश्वका विभिन्न स्थानबाट अवलाेकनकर्ता तथा विभिन्न समाचार माध्यमले खिचेका केही कलात्मक तस्वीर यहाँ साभार गरिएकाे छ-

ग्रिसको कोरिन्थस्थित एपोलोको मन्दिरमाथि देखिएको ब्लुडमुन/गेट्टी इमेज

ग्रिसको केप सोउनिओन पछाडिबाट उदाइरहेकाे पूर्णचन्द्र/रोयटर्स

स्वीट्जरद्ययान्डकाे अलप्स्टेन क्षेत्रकाे सबैभन्दा अग्लाे पहाड साइन्टिसमाथि उदाउँदै गरेकाे ब्लुडमुन/एपी


जापानकाे अाेसाकाबाट खिचिएकाे कलात्मक तस्वीर/सिएनएन

बर्लिनमा ब्लुड मुनकाे पर्खाइमा रहेका अवलाेकनकर्ता/एएफपी

एथेन्समा प्राचीन ग्रिककी देवी हेराकाे मूर्ती नजिकबाट देखिएकाे दृश्य/गेट्टी इमेज

अस्ट्रेलियाकाे सिड्नीकाे समुद्री अाकाशमाथि देखिएकाे ब्लुडमुन/गेट्टी इमेज

जर्मनीको बुहलबाट देखिएको ब्लुडमुन/इपिए

रुसको काेल्सारिफ मस्जिदकाे ठीक माथि देखिएको ब्लुडमुन/टास

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार