म्यानपावरको फर्जी काम: मागपत्रमा दूतावासकै नक्कली छाप

काठमाडौं । म्यानपावर कम्पनीले मागपत्र पेश गर्दा दूतावासहरुकै नक्कली छाप गर्ने गरेको भेटिएको छ । दूतावासका अधिकारीहरुको दस्तखत समेत किर्ते गर्ने गरेको पाइएको छ ।


बसुन्धराको ग्रेट स्काई ईन्टरनेशनलले दुवईस्थित नेपाली दूतावासको नक्कली छाप र किर्ते दस्तखत गरेको मागपत्र पेश गरेको पाइएको छ । विभागले कम्पनीको कारोवार रोक्का राखेर म्यानपावर कार्यालयमा छापा मारेको छ ।

केही दिनदेखि यो म्यानपावरले पेश गर्ने गरेका मागपत्रमा विभागले छाविन गरिरहेको थियो । दुवईस्थित नेपाली दूतावासले नै फर्जी मागपत्र पेश भइरहेकोबारे विभागमा सूचना दिएको थियो ।

कम्पनीका कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार