समुद्रमा इनर्जी प्रसारण लाइन निर्माण गर्न फ्रान्स, स्पेन र पोर्चुगल सहमत

-एएफपी

विद्युतीय सञ्जालबाट एक अर्कामा जोडिन युरोपका ३ शक्ति राष्ट्र फ्रान्स, स्पेन र पोर्चुगलले सहमति जनाएका छन् । बिस्केयको खाडीसम्म प्रसारण लाइन निर्माण गर्नबारे उनीहरू सहमतिमा पुगेका हुन् ।

(L-R) French President Emmanuel Macron, Portuguese Prime Minister Antonio Costa and Spanish Prime Minister Pedro Sanchez at the Energy Interconnections Summit in Lisbon on July 27, 2018.
(PATRICIA DE MELO MOREIRA / AFP)

 

पोर्चुुगलको राजधानी लिस्बनमा भेला भएका ३ देशका नेताबीच फ्रान्सदेखि स्पेनसम्म ३ सय ७० किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेबारे समझदारीपत्र (एमओयू) भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । एमओयूमा ३ देशका सरकार प्रमुखले हस्ताक्षर गर्दै यसको स्वागत पनि गरेका छन् । समझदारी गर्दै पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो क्यास्टोले भने, ‘यो निकै महत्त्वपूर्ण कदम हो । आइबेरियन प्रयद्विपसँग जोडिने प्रसारण लाइन पूरा गर्न ६७ करोड ५० लाख अमेरिकी डलर (५७ करोड ८० लाख युरो) लागत अनुमान गरिएको छ । कूल लागतको ३० प्रतिशत युरोपियन आयोगले लगानी गर्ने भएको छ ।

युरोपियन युनियनको ऊर्जा परियोजनाका लागि यो निकै ठूलो रकम हुनेछ । महत्त्वपूर्ण मानिएको प्रसारण लाइन सन् २०२५ भित्र पूरा गरेर सञ्चालनमाल्याउने लक्ष्य राखिएको छ । सञ्चालनपछि फ्रान्स र स्पेन तथा स्पेन र पोर्चुगलबीच विद्युत आदान–प्रदान दोब्बर हुने र विद्युत तथा ग्यासमा एक अर्काबीच आवद्ध हुने जनाइएको छ । यसैगरी, पोर्चुगलको विद्युत उत्पादन बढी रहेकाले यसलाई स्पेनसम्म विस्तार गर्न प्रसारण लाइन निकै उपयोगी हुनेछ । र, स्पेनबाट बाँकी युरोपमा समेत पठाउन सकिनेछ । उता उत्तरपूर्वी स्पेनको लिस्बन र मड्रिड काटालोनियामा ग्यास पाइपलाइन निर्माण गरी युरोपियन ग्यास बजारमा जोडिन पनि ती राष्ट्र सहमत भएका छन् ।

 

पाइपलाइन निर्माणपछि युरोपियन देशमा पाइपबाटै ग्यास पुुर्याउन सम्भव हुनेछ । युरोपियन आयोगले गरेको अध्ययनअनुसार पाइपलाइन पूरा गर्न ४४ करोड युुरो आवश्यक पर्नेछ । उक्त पाइपलाइन यसअघि स्पेन र फ्रान्स जोड्ने गरी प्यरेनिस हिमाल नजिकै निर्माण भएको पाइपलाइनका लागि सहयोगी हुनेछ । सन् २०११ बाट सञ्चालन भएको प्यरेनिस हिमाल नजिकको पाइपलाइनबाट दुुवै देशले अल्जेरियाबाट ग्यास आयात गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार