इन्द्रेणी झैँ अद्भत रङ्गीन नदी !(भिडियो सहित)


प्रकृतिको सुन्दर उपहारले धर्ती सिंगारिएका छ र प्रकृतिले कुनै-कुनै यस्तो चिज धर्तीलाई दिएकी छिन् जसले अचम्ममा समेत पारिदिन्छन्।

दक्षिणी अमेरिकी देश कोलम्बियामा रहेको एक नदी जसको नाम ‘क्यानो क्रिस्टल्स’ हो।यो एक रङ्गीन नदी हो।यो नदीको पानी रातो,निलो,पहेंलो सुन्तला,हरियो र कालो रङ्गमा बग्छ।यो ‘इन्द्रेणी नदी’को नामले पनि परिचित छ।

नदी जुलाई देखि नोभेम्बर सम्म चार महिना रङ्गीन भएर बग्छ र त्यतिबेला यो नदी हेर्न लायक र अद्भुत बन्छ। जब यो नदीमा सूर्यको किरण पर्छ त्यतिबेला नदी अझैं आकर्षक देखिन्छ।यस्तो सुन्दर दृश्य धर्तीमा अन्त कतैपनी देख्न पाईदैन।

नदी रङ्गीन भएर बग्नुको कारण भने यस्तो रहेको छ- यो नदीमा रातो रङ्ग देखिनु एक किसिमको रातो लेउ हो भने कालो रङ्ग चट्टान खिइएर,हरियो रङ्ग जंगलका झारपातले गर्दा र नदीको पिँधमा पाईने पहेंलो माटोको कारणले गर्दा हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार