लेस्ली आँधी अपडेट : खराब मौषमका कारण पोर्तुगलमा १५,००० भन्दा बढी घरहरु बिधुतबिहिन

सम्झना अधिकारी, पोर्तुगल।

आन्ध्रमहासागरबाट पोर्तुगल छिरेको लेस्ली आँधीले गर्दा पोर्तुगलमा हालसम्म १५,००० भन्दा बढी घरहरु बिधुतविहिन भएका छन्। यो संख्या अझै बढ्ने र स्थिती नाजुकसम्म हुनसक्ने इन्धन सप्लाई गर्ने प्रमुख कम्पनी एडिपीले जनाएको छ।

एडिपी इनर्जीका संचार डाइरेक्टरले भने ” हामी तथ्याँक प्रत्येक १० – १० मिनेटमा अपडेट गर्दैछौ। हालसम्म १५,००० भन्दा बढी घरहरु बिधुत र इन्धनबाट बन्चित भईसकेका छन् भने यो संख्या निकै बढ्ने र नाजुक हुनसक्ने अनुमान छ। तुरुन्तै बिधुत र इनर्जी सप्लाई गर्न हामी लागिपरेका छौ तर स्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर छ। ”

बिधुत र इनर्जीबाट बन्चित हुन प्रभावित हुने मुख्य स्थानहरु पोम्बाल, मरिन्हा ग्रान्दे र लिरिया रहेका छन् भने लिस्बोनको स्थिती सामान्य छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार