
अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ । यसले विविह पछि सम्पन्नता ल्याउने विश्वास समेत गरिन्छ । त्यसैले यहाँका महिलालाई मोटाउन दवाव दिइन्छ ।

जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यक भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ । एघारौं शताब्दिेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ ।
र महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ । यो मान्यताले लोकप्रियता पाएको मार्टेनियामा विवाहका लागि पनि केवल मोटी केटीलाई नै मन पराईन्छ । यसक्रममा महिलालाई १६ हजार क्यालोरी खुवाइन्छ ।
















