क्रिसमस चाडमा लिस्बन मेट्रो प्रभावित हुने , यस्तो छ समय तालिका

क्रिसमस पर्वले गर्दा लिस्बन मेट्रो प्रभावित हुने भएको छ। क्रिसमसको पुर्वसन्ध्यामा डिसेम्बर २४ तारिख मेट्रो १० बजे बेलुका बन्द हुनेछ।

क्रिसमसको दिन २५ डिसेम्बर , मेट्रो बिहान ८ बजे मात्रै खुल्नेछ।

कार्यालय समयमा भएको यस्तो परिवर्तन क्रिसमसको पुर्वसन्ध्यामा यात्रुहरुको चाप निकै कम हुने भएकोले गरिएको लिस्बन मेट्रोका अधिकारीहरुले जनाएका छन्।

लिस्बन मेट्रोले सम्पूर्ण यात्रुहरुमा क्रिसमसको शुभकामना व्यक्त समेत गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार