पोर्तुगलको नयाँ न्युनतम तलब अब ६०० युरो

पोर्तुगल सरकारको मन्त्रिपरिषदले रास्ट्रको न्युनतम राष्ट्रिय कामदार ज्याला ६०० युरो सदर गरेको छ। यो नयाँ नियम जनवरी १ तारिख २०१९ देखि लागु हुनेछ।

सरकारको क्याबिनेट बैठकले हरेक बर्ष राष्ट्रिय ज्यालामा वृद्धि गर्दै आईरहेको छ। सन् २०१६ मा न्युनतम ज्याला ५०५ युरोबाट ५३० युरो , सन् २०१७ मा ५५७ युरो र सन् २०१८ मा ५८० युरो वृद्धि भएको थियो।

सरकारको एक तथ्यांकले देखाए अनुसार , अब राष्ट्रिय ज्याला वृद्धि भएर ६०० युरो पुगेसंगै ७५०,००० कामदार र मजदुरहरु लाभान्वित हुनेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार