अचानक इराक पुगे ट्रम्प

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक इराक भ्रमण गरेका छन्।

क्रिमसमको साँझ प्रथम महिला मेलानियासँगै ट्रम्प पश्चिम बग्दादको अल असाद हवाई सैन्य अड्डामा पुगेका थिए।

इराकमा अहिले पनि पाँच हजार अमेरिकी सैनिक छन्।

ट्रम्पले अमेरिकी सैनिकको सेवा, सफलता र समर्पणका लागि धन्यवाद दिन इराक पुगेको बताएका छन्।

ट्रम्प र अदेल अब्दुल माहदीबीच हुने भनिएको भेट भने रद्ध भएको छ। उनीहरूबीच फोनमा कुराकानी भएको र माहदीले वासिङ्टन भ्रमण गर्ने निम्तो स्वीकारेको ह्वाइटहाउसले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार