सार्वजनिक सवारीमा यात्रा गर्दा पैसा नलाग्ने पहिलो देश बन्दै लक्जेम्बर्ग

युरोपियन मुलुक लक्जेम्बर्गमा आउने वसन्तदेखि सबै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा पैसा तिर्नु नपर्ने व्यवस्था लागु गर्ने भएको छ।

बेलायती समाचारपत्र द गार्जियनका अनुसार दोस्रो पटक चुनाव जितेका प्रधानमन्त्री जेभियर बेटलको नयाँ सरकारले रेल, ट्रयाम र बसमा यात्रा गर्दा भाडा नलाग्ने व्यवस्था लागु गर्न लागेको हो। बेटलले अर्को दल सोसिलिस्ट वर्कर्स पार्टीसँग मिलेर नयाँ सरकार बनाउँदैछन्।

बेटलको डेमोक्रेटिक पार्टीले गत चुनावताका वातावरणलाई प्राथामिकता दिने वाचा गरेको थियो।नयाँ सरकारले गाँजालाई कानुनी मान्यता दिने र २ दिने नयाँ विदा थप्ने निर्णय गर्न लागेको बताएको छ।

राजधानी लक्जेम्बर्ग शहर विश्वका धेरै जाम हुने ठाउँमध्ये पर्छ।यहाँको जनसंख्या १ लाख १० हजार छ तर हरेक ४ लाख मान्छे बाहिरबाट काम गर्न आउँछन्।लक्जेम्बर्गले यसअघि नै २० वर्षमूनिकालाई सार्वजनिक यातायात नि:शुल्क बनाएको थियो। माध्यामिक तहका विद्यार्थीले विद्यालय जान आउन पनि पैसा तिर्नु पर्दैनथ्यो।

अरू नागरिकले पनि दुई घन्टासम्म यात्रा गर्दा २ पाउन्ड तिरे पुग्थ्यो। २५९० किलोमिटर क्षेत्रफल भएको लक्जेम्बर्गमा २ घन्टा यात्रा गर्दा देशभरि नै पुगिन्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार