पोर्तुगलको गोन्दोमारमा आफ्नै घर अगाडी बाटोमा पाकिङ्ग गरेको कारमा पिसाब गर्नेलाई ” यहाँ पिसाब किन गरेको ? ” भनेर प्रश्न गर्ने एक ४६ बर्षीय स्थानीय बासिन्दालाई २० पटक छुरा प्रहार गरेर सख्त घाइते बनाईएको छ।
प्रश्न गरेको निहुँमा क्याफेमा बसिरहेका एक हुलमा आएका युवाहरुले उनलाई शरीरभरी छुरा रोपेका थिए। छुरा प्रहारबाट घाइते भएका उनी रगताम्मे भएर ढलेका थिए।
पिसाब गर्नेले क्षमा मागेतापनि क्याफेबाट हुलमा आएकाहरुले प्रश्नकर्तामाथि सिधै आक्रमण शुरु गरेको र बचाउनको लागि घाइतेका परिवारका अन्य चार सदस्यहरु आउदा उनीहरुमाथि समेत दुर्व्यवहार गरिएको प्रतक्ष्यदर्शिहरुले जीएनआर प्रहरीलाई बताएका छन्।
घटनास्थलमा तुरुन्तै प्रहरी, एनेम एम्बुलेन्स सेवा र बारुण यन्त्र पुगेर उद्धार र उपचार गरेका थिए भने हमलाकारीहरु पहिले नै भागीसकेकोले प्रहरीले खोजी कार्य गरिरहेको छ। संकास्पद एक व्यक्ति पक्राउ परेका छन् भने अन्य ४ को खोजी भईरहेको छ।
घाइतेको अहिले पोर्तोको साओ आन्तोनियो अस्पतालमा उपचार भईरहेको र अवस्था चिन्ताजनक छ।
















