पोर्तुगल बिशेष : पछिल्लो २ दिनमा मात्रै ४२९ सडक दुर्घटना ५ को मृत्यु

नयाँ बर्ष नजिकिदै गर्दा सडक चेकजाँच तिब्र

अंग्रेजी नयाँ बर्ष नजिकिदै गर्दा पोर्तुगलको सरकारले सडक सुरक्षामा बिशेष अप्रेशन शुरु गरेको छ। सडक सुरक्षा अप्रेशनको पछिल्लो २ दिनको चेकजाँचको क्रममा मात्रै ४२९ सडक दुर्घटना भएको र जसमा ५ को मृत्यु र ९ जनाको अवस्था चिन्ताजनक भएको तथ्यांक छ।

अधिकांस सडक दुर्घटनामा चालक नै दोषी भएको पाईएको छ। जीएनआर को तथ्यांक अनुसार मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन , तिब्रगति र गाडी चलाउदा मॊबाइलको प्रयोग नै दुर्घटनाको प्रमुख कारण छन्।

भयानक दुर्घटना भएका क्षेत्रहरुमा लेरिया, एस्त्रेजा, एभेइरो , मोन्तालेग्रे , भिलारियल, पानेला, कोइम्ब्रा, भिला भेर्द, ब्रागा आदि छन्।

चेकजाँचको पहिलो दिनमा मात्रै ७०० गाडीहरु ओभरस्पिड, १०७ गाडीमा चालकले सिटबेल्ट नलगाएको, ८१ ले मादक पदार्थ सेवन र ५५ बिना लाईसेन्स चलाएको तथ्यांक छ।

डिसेम्बर २१ देखि २६ सम्म मात्रै १३६० सडक दुर्घटनामा १५ को मृत्यु , २९ कोमामा र ४४९ घाइते भएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार