डेनमार्कमा रेल दुर्घटना हुदा कम्तिमा ६ को मृत्यु भएको छ भने अन्य कयौँ घाइते र हताहत भएको आशंका गरिएको छ।

दुर्घटना डेनमार्कको जील्याण्ड र फिनिया टापुहरु जोड्ने पुलमा भएको हो। सो पुल डेनमार्कको एक प्रमुख सडकमा पर्दछ। मृत्यु हुनेहरु सबै यात्रुहरु भएको बुझिएको छ।
फियोनल्याण्डबाट जिल्याण्ड टापुको लागि बिहानको करिब ८ बजे १३१ यात्रु सहित ३ जना चालक दल बोकेको रेल र बिपरत दिशाबाट आएको मालवाहक रेलको छत एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो।
सबै यात्रुहरुलाई उद्धार गरी नैबोर्ग स्पोर्ट्स सेन्टरमा सारिएको छ भने घाइतेहरुको संख्या अझै यकिन गर्न सकिएको छैन। आँधी र बर्षाले उद्धारमा थप कठिनाई भईरहेको अधिकारीहरुले बताएका छन्।
















