स्वरोजगार भएर ” ग्रिन रिसिट ” मा काम गरिरहेकाहरुको लागि पोर्तुगल सरकारले नयाँ नीति र कर प्रणाली ल्याएको छ। स्वरोजगार भएर व्यवस्थित लेखा राख्न नसक्नेहरुले अब त्रैमासिक रुपमा ” सोसियल सेक्युरिटी” मा आयव्ययको बिवरण पेश गर्न सक्नेछन। सो कर प्रणामी यही मंगलवारदेखि लागु गरिएको छ।
यो नयाँ कर प्रणालीले स्वरोजगारका लागि कर दर घटाएको छ। सोसियल सेक्युरिटिका लागि रास्ट्र सचिब क्लाउडिया ज्वाकियमले दिएको जानकारी अनुसार , अब ” ग्रिन रिसिट ” मा काम गर्ने हरेक स्वरोजगारले बार्षिक आर्थिक लेखा समेत सोसियल सेक्युरिटीमा बुझाउनुपर्ने हुन्छ , जसका आधारमा बिरामी , बेरोजगार र पेन्सन आदि सामाजिक फाइदाहरुको लाभ स्वरोजगारले पाउन सक्नेछन।
















