लिस्बनमा दुइजना पाकेटमार दाजुभाईलाई बाइसा क्षेत्रमा जान रोक – अब हरेक दिन प्रहरीमा हाजिरी लागाउनुपर्ने

लिस्बनमा दुइजना पाकेटमार दाजुभाईलाई यहाँको स्थानीय प्रहरीले बाइसा क्षेत्रमा जान रोक लागाएको छ। दुवै दाजुभाइलाई पर्यटकको पाकेट मार्दैगर्दा पीएसपी प्रहरीले पक्राउ गरेको थियो।

स्लोभानियाकी पर्यटक बाइसा क्षेत्रमा घुम्दैगर्दा पाकेटमार दाजुभाईमध्ये एकले पर्यटकको झोलाको जीप खोलेका थिए भने अर्कोले चोरी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पश्चात् दुबैलाई अदालतमा पेश गरिएको थियो। जाँचबुझका क्रममा दुवै दाजुभाइको चोरीका कयौ अपराधको रेकर्ड फेला परेकोले यहाको स्थानीय अदालतले सधैका लागि बाइसा क्षेत्रमा जान रोक लागाएको छ, अब उप्रान्त सो क्षेत्रमा उनीहरु भेटिए जेल चलन गरिने बुझिएको छ।

बाइसा पर्यटकहरुको अत्याधिक चाप भएको क्षेत्र हो। दुवै पाकेटमार दाजुभाइ अबदेखि बाइसा क्षेत्रको रोसियो, बाइरो आल्तो, अल्फामा, प्रासा कमार्सियो आदि क्षेत्रमा जान पाउने छैनन्। उनीहरुले आचरण सुधार नगरुन्जेलसम्म हरेक दिन स्थानीय प्रहरीमा तारेख हाजिरी पनि लगाउनुपर्ने भएको छ।

४० र ४५ बर्षका दुवै पाकेटमार दाजुभाईले ३१ डिसेम्बरको दिन चोरी गरेका थिए। उनीहरुले पिडितको पर्स सहित महत्वपूर्ण कागजात, बैंकका कार्डहरु, र ५६५ यूरो चोरी गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार