तेहरान : इरानमा सोमबार बोइङ ७०७ सैनिक कार्गो जहाज दुर्घटना हुँदा जहाजभित्र रहेका १६ जनामध्ये १५ जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

सेनाले जनाए अनुसार खराब मौसमका कारण जहाज दुर्घटना भएको हो । तेहरानको पश्चिमी क्षेत्रमा भएको यस दुर्घटनामा जहाजका ईन्जिनियर मात्रै बाँचेका हुन् ।
उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको सेनाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
















