डलरकाे भाउ बढ्यो

काठमाडौँ । बुधवार नेपाली बजारमा डलरको भाउ बढेको छ । डलरको तुलनामा भरतीय रुपैयाँ कमजोर हुँदा नेपालमा पनि डलरको भाउ बढेको हो ।

मंगलबार डलर भन्दा नेपाली रुपैयाँ ७२ पैसाले कमजोर भई १ सय १३ रुपैयाँ ३६ पैसामा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले खरिद दर १ सय १३ रुपैयाँ ३६ पैसा र विक्रीदर १ सय १३ रुपैयाँ ९६ पैसा तोकेको थियो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँ बीच स्थीर विनिमयदर कायम हुने भएकाले भरतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमुल्यन हुन्छ ।

नेपालमा डलरको भाउ बढदा निकासी, पर्यटन व्यवसाय र विप्रेषण आयमा फाइदा पुग्छ । तर डलरको भाउ बढदा शोधानान्तर घाटा बढन सक्छ, महँगी बढन जान्छ भने विदेश पढन जानेले नेपाली रुपैयाँ बढि खर्च गर्नुपर्छ । नेपालको आयातमुखि अर्थतन्त्र भएकाले डलरमा भएको बृद्धिले ब्यापार घाटा उच्च बनाउँछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार