इन्डोनेसिया।

फोनको पासकोड नदिएपछि श्रीमतीले आफ्नै श्रीमानलाई पेट्रोल छर्केर जिउदै जलाईदिएकी छिन्। २५ बर्षकी एल्हाम च्यायनिले २६ बर्षका आफ्ना पति देदी पुर्नामालाई उनको फोनको पासकोड माग्दा श्रीमानले नदिएपछि सो घटना भएको हो।
घटना इन्डोनेसियाको हो ल श्रीमानले फोनको पासकोड नदिएपछि श्रीमान श्रीमतीको बिचमा बिवाद शुरु भयो। सामान्य बिबादले झगडाको रुप लियो र पति पुर्नामाले आफ्नी पत्नी एल्हामलाई टाउकोमा हिर्काए।
यत्तिकैमा एल्हामले आफ्नो पति पुर्नामाको शरीरमा पेट्रोल छर्कीईन र आगो लगाईदिईन्। पुर्नामाको उपचारको क्रममा घटनाको २ दिनपछि अस्पतालमा मृत्यु भयो।
अहिले एल्हाम प्रहरी हिरासतमा छिन् र उनीमाथि हत्याको मुद्धा चलाईएको छ।
















