बेइजिङ ।

चीनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक चीनी कम्पनीले टारगेट पूरा नगर्ने कर्मचारीलाई बीच सडकमा सजाय दिएको भिडियोमा देखाइएको छ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मानिसहरुले यो बीच सडकमा कर्मचारीहरु घिस्रिदै गरेको भिडियो देखेपछि कम्पनीको उक्त हर्कतको आलोचना गरिरहेका छन्।
सबै कर्मचारी औपचारीक ड्रेसमै घिस्रिरहेका छन्। सामाजिक सञ्जाल ट्विटरमा एससिएमपीले यो भिडियो राखेपछि उक्त कम्पनीलाई अधिकारीहरुले अस्थायी रुपमा बन्द गरेको बताइएको छ। गैर जिम्मेवार सजायको लागि उक्त कम्पनीमाथि अस्थायी प्रतिवन्द लगाइएको हो।
















