मेक्सिको सिटी । मेक्सिकोमा तेलको पाईप पढ्केर मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोट भएपछि स्थानीय मानिसहरु जल्न पुगेका थिए । हालसम्म मृतकको सङ्ख्या ७३ पुगेको हो ।
तत्काल अवस्थामा मृतकको सङ्ख्या थोरै भएपनि घाइते भएका हरुको उउपचारको क्रममा मृत्यु भएकाले मृतकको सङ्ख्या बढेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा र अरु २४ जनाको मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो ।
अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । सानो गल्तीका कारण ठुलो क्षति भएको भन्दै मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
















