अमेरिका |

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दुई वर्षमा ८,१५८ झुट बोलेको समाचार सार्बजनिक भएको छ।
अमेरिकी चर्चित समाचारपत्र दी वासिङ्टन पोष्टले यस बारेमा विस्तृत समाचार दिएको हो। पहिलो वर्ष दुईहजारभन्दा बढी झुट बोलेका राष्ट्रपति ट्रम्पले दोस्रो वर्ष ६ हजारभन्दा बढी झुट बोलेका हुन्।
यो तथ्यांकलाई आधार मान्दा राष्ट्रपति ट्रम्पले औसतमा हरेक दिन १६ वटा झुट बोलेका छन् । उनको बानी नै भैसक्यो आधा सत्य बोल्ने वा सत्यलाई बंग्याएर बोल्ने वा प्लटिङ गरेर नै झुट बोल्ने- दी वासिङ्टन पोष्टले लेखेको छ।
यतिसम्म झुटको खेती गर्छन् ट्रम्प: पहिलो सक्कली टाइम, दोस्रो डोनल्ड ट्रम्पले बनाएको नक्कली टाइम
झट्ट सुन्दा अमेरिकाजस्तो कानूनी व्यवस्था र प्रजातान्त्रिक मूल्य, मान्यता भएको मुलुकका सर्वशक्तिमान राष्ट्रपतिले यतिका झुट बोल्छन् भन्ने पत्याउँन पनि गाह्रो हुन्छ। तर, उनका तथ्यांक सुनेर एकछिनपछि क्रस चेकका लागि गुगलिङ गर्यो भने ती तथ्यांकहरू मिथ्यांक भैसकेका हुन्छन्।
स्मरणीय छ, राष्ट्रपति ट्रम्पले सन् २००९ को मार्च १ को टाइम म्यागजिनको कभरमा आफ्नो फोटो राखेर नक्कली टाइम म्यागजिन बनाएका थिए।
















