मलेसियाको विश्व प्रसिद्ध कण्डम कम्पनीको यस्तो कर्तुत , नेपाली कामदारमाथि अत्याचार

काठमाडौँ ।

धेरै कण्डम उत्पादन गर्ने कम्पनीको रुपमा सुचिकृत मलेसियाको करेक्स कम्पनीले आफ्नो कामदार माथी अत्याचार गरेको खुलासा भएको छ । विश्व बजारको करिब १५ प्रतिशत हिस्सा ओगटेको उक्त कम्पनीमा अत्यन्तै स्तर हिन गतीबीधी हुने गरेको खुलासा त्यहा कार्यरत नेपालीले गरेका छन्।

उक्त कम्पनीमा धन कमाउने आशा बोकेर पुगेका थुप्रै कामदारहरु यती बेला निरासाको सिकार बनेका छन् । केहि समय अघी नेपालबाट २००० माईला भन्दा लामो यात्रा तय गरेर मलेसिया पुगेका महेश थापाले आफु लगायत उक्त कम्पनीमा कार्यरत धेरै कामदारले समयामा तलब नपाउने, स्तरहिन खाना खानुपर्ने, अत्यन्तै कस्टकर रुपमा कोचिएर बस्नु परेको जानकारी गराए।

उनले आँखाभरी आँसु पार्दै भने २ कलीला सन्तानलाई राम्रो शिक्षा दिने तथा एउटा सुन्दर घरको परिकल्पना गरेर, साहुको रिणको भारी बोकेर मलेसिया आएको हो। तर न कमाईनै राम्रो छ न त बस्ने ठाउकै सुविधा, एउटा साँगुरो कोठामा १२/१३ जना कुकुर बिरालाझई कोचिएर बस्नु परेको छ । थापा भन्छन घर फर्केर जाउँ भने उल्टै कम्पनीलाई ३ महिना बराबरको सेलरी बुझाउनु पर्छ तेत्रो खर्च कहाँबाट जुटाउने।

बस्ने कोठाको कुरा गर्दै एक कर्मचारीले भने “कहिलेकाहीं जहरीला सांपहरू आउँथे,”। “होस्टल ठीक छैन। थापा यतिबेला न गरि खानु न मरीजानुको अवस्थामा पुगेका छन्।

विश्वकै ठुलो काण्डम कम्पनीमा कामगर्दा सेवा सुविधा पनि राम्रै होला भन्ने सोचेका महेशलाई आफ्नो महिनाभरको कमाईले खाना बस्न धौ-धौ हुँदा समस्यामा परेका हुन। सुरु सुरुमा राम्रै ओभर टाईम चल्ने गरेपनि यतीबेला ओभर टाईम समेत बन्द भएको छ।

थापा मात्र हैन यो कम्पनीमा अन्य २२ जना नेपाली र अन्य बंगाली कामदारको अवस्था पनि तेस्तै रहेको छ। यस्तो अवस्थाको बारेमा आफुलाई जानकारी नरहेको भन्दै उक्त कम्पनीका सीईओले चांडै समस्या हल गर्ने तथा आवश्यक व्यस्था मिलाउने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार