अष्ट्रेलियामा प्रचण्ड गर्मी, जनजीवन अस्तव्यस्त (फोटोफिचर)

एजेन्सी।

अष्ट्रेलियामा केही दिनदेखि भीषण गर्मी भइरहेको छ। अष्ट्रेलियामा गर्मीले सबै रेकर्ड तोडेको छ। गर्मीका कारण मानिसमात्रै होइनन् जनावर पनि प्रभावित भएका छन्।

बिहीबार एडिलेडको तापक्रम ४७ दशमवल ७ डिग्री सेल्लियस पुगेको छ। उक्त शहरमा बिहीबार सबैभन्दा धेरै गर्मी भएको बीबीसीले जनाएको छ। यो गर्मीबाट बच्न मानिसहरु समुन्द्रमा पौडी लेखिरहेका दृष्य भाइरल भएका छन्।

एडिलेडका एन्ड्रयू करेलका अनुसार गर्मीका कारण साना कंगारु घरभित्रको कुनामा बस्ने गरेका छन्। कयौं जनावरका लागि भीषण गर्मीमा पानी खोज्नु कुनै संघर्ष भन्दा कम छैन।

तस्मानियामा गर्मीका कारण आगलागीको घटना ५० भन्दा धेरै घटना सार्वजनिक भएका छन्। केही साना शहर खाली गर्न उर्दी जारी गरिएको थियो, किनभने गर्मीका कारण आगलागीको घटना धेरै हुँदा धनजनको क्षति हुने संभावना रहन्छ।

मेलबर्नमा हुने अष्ट्रेलियन ओपनका केही टेनिस खेल रद्द गरिएको छ। गर्मीका कारण मानिसहरु खेल हेर्न भन्दा पनि समुन्द्रमा चिसोमो आनन्द लिइरहेका छन्। एडिलेडका चिडियाघरमा जनावरलाई बरफ दिइएको छ, जनावर त्यही बरफको चिसोले काम चलाइरहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार