महिला र पुरुषमध्ये को बढी झुटो बोल्छ ? अनुसन्धानले भन्छ यस्तो

जर्मनी र इजरेलका अनुसन्धानकर्ताहरुले सयौँ मानसिक परीक्षणहरु मन्थन गरेर बेइमानीबारे नयाँ तथ्य सार्वजनिक गरेका छन् । उनीहरुले बेइमानी उमेर र लिंगमा आधारित हुने बताएका छन् ।

जर्मनी र इजरेलको म्याक्स प्ल्यांक एण्ड टेक्निअन इन्स्टिच्युटले गरेको नयाँ अध्ययन अनुसार महिलाले भन्दा पुरुषले बढी झुटो बोल्छन् । तर महिलाहरु पनि त्यति सत्यबादी चाँहि होइनन् ।

सो इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुका अनुसार मनोबैज्ञानिक परीक्षणहरुले ४२ प्रतिशत पुरुषहरुले झुटो बोल्ने गरेको देखाएको छ । यस्तै झुटो बोल्ने महिलाको संख्या ३८ प्रतिशत पाइयो ।

यस विषयको अनुसन्धानमा ४४००० सहभागी थिए । र उनीहरुसंग गरिएका ५६५ वटा अध्ययनहरुको तथ्यांकको विश्लेषण गरिएको थियो ।
त्यसो भए कसको आँखा सबभन्दा बढी इमान्दार देखियो त ? अनुसन्धानकर्ताहरु भन्छन्, तपाईँले ठोकुवा गर्नु अघि बिचारै गर्नुपर्छ।’

उनीहरु भन्छन् बुढापाकाहरु भन्दा जवान बढ्ता झुटो बोल्छन् ।

अध्यननले के पनि देखायो भने तपाईँको उमेर बढ्दै जाँदा हरेक बर्ष ०.२८ प्रतिशतले इमान्दार बन्दै जाने सम्भावना बढाउँछ । त्यसैले उमेरसंगै इमान्दारी बढ्दै जाने देखिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार