भेनेजुएलामा राजनीतिक संकट: स्पेनले पनि स्वीकार गर्यो गुइदोलाई

– एजेन्सी

म्याड्रिड– स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समय अगावैको निर्वाचनलाई अस्वीकार गरेको जानकारी आएसँगै स्पेनले यस्तो निर्णय गरेको हो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार समाचारदाताहरुसँग सो जानकारी दिनुभएको जनाइएको छ ।

उनले समाचारदाताहरुसँग भने – स्पेन सरकारले भेनेजुएलाका नेता गुइदोलाई देशको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ र जतिसक्दो चाँडै उनले नयाँ निर्वाचन गराउने विश्वास पनि लिएको छ । –एएफपी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार