बिश्व बजारमा फेशनका नयाँ नयाँ ट्रेन्ड चलिरहन्छन्। अचेल बजारमा डिजाईन फेशन ट्रेन्डभन्दा पनि फाटेका र च्यातिएका कपडाको ट्रेन्ड चलेको देखिन्छ। बिशेष गरी जिन्समा यस्तो ट्रेन्डले पचिल्लो पटक बजार लियो, फाटेका, प्वाल परेका र टालेका जिन्सको मूल्य आकासियो।

जिन्समा फाटेको र टालेको ट्रेन्डपछि अहिले फेशनको नयाँ अचम्मकै ट्रेन्ड जुत्तामा देखापरेको छ। प्रसिद्ध कम्पनी गुचीले फेशन ट्रेन्डमा मैलो जुत्ता निकालेको हो । स्पोर्ट्स जुत्तामा मैलो रंग र केही कालो धब्बा देखाएर गुचीले यस्ता जुत्ताको पुरुषहरुको लागि मूल्य १ हजार १ सय ७५ अष्ट्रेलियन डलर (अमेरिकी ८७० डलर) राखेको छ भने महिला भर्सनको लागि ७९० अमेरिकी डलर राखेको छ।
हेर्दा निकै फोहर र सार्है नराम्रो देखिने भएतापनि यो ट्रेन्डको बजार माग एकदम बढ्दो छ। गुचीका अनुसार, यो जुत्ताको डिजाइन सत्तरी दशकको स्पोर्ट्स स्टाइलबाट प्रभावित छ ।
किन्नको लागि यहाँ क्लिक गर्नुहोला !























