कश्मीरमा भारतीय सेना र आतंकवादीबिच दोहोरो भिडन्त, ५ जना सैनिक र तीन जना लडाकूको मृत्यु

काश्मिर ।

भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको दोहोरो भिडन्तमा ५ जना सैनिक र तीन जना लडाकूको मृत्यु भएको छ ।

पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक स्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । सोमबारको दोहोरो भिडन्तमा एक गैरसैनिकको पनि ज्यान गएको छ।

भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेका थिए । लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ । घटनामा सेना तर्फ बढी क्षति हुन पुगेको छ ।सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भएको थियो ।

बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो। सोमबारको घटनामा मारिनेमा एक जना मेजर तहका सैनिक अधिकारीपनि रहेका छन् । बीबीसी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार