भारत |

भारतमा कर्नाटक राज्यको बैङ्लोरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परि पाइलटको मृत्यु भएको छ । बुधबारबाट शुरु हुने भनिएको एयर प्रदर्शनीको अघिल्लो दिन मंगलबार अभ्यासका क्रममा दुईवटा विमान आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।
अभ्यास येलहांको एयरपोर्टमा भइरहेको थियो। उनीहरु एयरक्राफ्ट रिहर्सलको वेला उडान भरिरहेका थिए। आकासमा पुगेपछि दुवै विमान एकआपसमा ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
बैङ्लोर प्रहरीका अनुसार आपसमा ठोकिएपछि विमानमा आगो लागेको थियो। आगलागीपछि विमान येलंहा एयरपोर्टको न्यू टाउन नजिकै खसेका र दुर्घटनामा अर्का एकजना नागरिक घाइते भएका छन्।
















