काठमाडौं ।
पाकिस्तानले भारत प्रशासित कस्मिरको पुलवामा भारतीय सुरक्षा बलमाथि भएको आक्रमणपछि हाफिज सईदको संगठन जमात–उद–दावामाथि प्रतिबन्धको घोषणा गरेको छ ।
पाकिस्तानको गृहमन्त्रालयले जमात–उद–दावासँग सम्बन्धित फलाह–ए–इन्सानियतमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । पाकिस्तानी गृह मन्त्रालयका प्रवक्ताले बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नेसनल एक्सन प्लानमाथि विस्तारपूर्वक समिक्षा गरेको बताए । यो बैठकपछि पाकिस्तानी गृह मन्त्रालयले जमात–उद–दावा र फलाह–ए–इन्सानियतमाथि प्रतिबन्ध लगाएको हो । जमात–उद–दावा पाकिस्तानको उग्रवादी नेता हाफिज सईदको संगठन हो ।
पुलवामा आक्रमणपछि तीव्र भएको राजनीतिक प्रतिक्रियाको बीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका थिए । जसमा पुलवामा आक्रमणपछि पाकिस्तानी रणनीति र राष्ट्रिय सुरक्षाको अवस्थामा बारेमा चर्चा गरिएको थियो ।
















