“मोदी तिम्रो धम्की नेपाल र बर्मालाई दिनु जो तिम्रो हैकम सहन्छन्”

फागुन १६- भारत र पाकिस्तानबीचको अघोषित युद्धले यतिबेला विश्वको ध्यान तानिरहेको छ । पाकिस्तानमा आश्रृत जैस ए मोहम्मद संगठनले कश्मिरको पुलवामा ४६ जना सेनाको हत्या हुने गरी गराएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तानमा पनि असैन्य आक्रमण गर्यो त्यसको जवाफमा पाकिस्तानले पनि भारतको जम्मू कश्मिरमा असैन्य नै आक्रमण गर्यो। यो आक्रमण गर्नुअघि भारतले पाकिस्तानलाई बारम्बार चेतावनी दिएको थियो । कश्मिर हमलाको बदला पाकिस्तानसंग लिने भन्दै मोदीले पाकिस्तानलाई बारम्बार धम्की दिएका थिए ।
यो पनि पढ्नुहोस
डोनाल्ड ट्रम्पले भने “नेपाल भारतको भुभाग”
यसबीचमा भारती मिडियाहरुले लगातार समाचारमाफर्त पाकिस्तानमाथि आक्रमण गरिरहे । पाकिस्तान डरायो , पाकिस्तान बौलायो , पाकिस्तान लुरुक्क प¥यो यस्ता शिर्षकमा भारतीय मिडिया पाकिस्तानमाथि खनिए । भारत पाकिस्तानबीच थप मनमुटाव बढ्नुमा भारतीय मिडिया पनि दोषी रहेको विश्लेषण पनि भए। त्यसोत त पाकिस्तानी मिडिया पनि आक्रमक नबनेको होईन । भारतको हेपाहा प्रबृतीको उसले पनि सुरुवातदेखि नै आलोचना गर्दे आईरहेको छ । यी दुबै देशबीच युद्धको धम्की आईरहदा पाकिस्तानको एक मिडियाले भनेको अभिव्यक्ति यतिबेला नेपालको सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ ।
पाकिस्तानको न्युज विटमा एक जना महिला पत्रकारले भारतले लगातार दिएको धम्कीमा नेपालको नाम प्रयोग गरेकीछिन् । उनले मोदीलाई पाकिस्तानलाई नेपाल र बर्मा नसम्झिन भन्दै चेतावनी दिएकी हुन् । उनले कार्यक्रम सुरु गर्नुभन्दा अघि मोदीलाई पाकिस्तानलाई नेपाल र बर्मा जस्तो देश नसम्झिन चेतावनी दिएकी हुन् । उनले भनेकीछिन् “पुलवा हमलापछि मोदीले भारतीय सेनालाई कही पनि हमला गर्न खुला छुट दिएका छन् । नरेन्द« मोदी तिम्रो यो धम्कीमा हामी हास्ने की अफसोस मान्ने ?। तिम्रो यस्तो धम्की आफनो छिमेकी देशलाई दिनु । हामी न नेपाल हौ न हामी बर्मा । जो तिम्रो हैकमलाई स्वीकार गर्छन्”।
यतिबेला पाकिस्तानी मिडियाले बोलेको यो भिडियो सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । यस बाट पनि बुझन सकिन्छ की नेपालमाथि भारतको हैकम , हस्तक्षेप र नजर कत्तिको छ जुन कुरा पाकिस्तान जस्तो देशले पनि नजिकबाट नियालिरहेको छ । भारतको नेपालमा रहँदै आएको राजनिती , आर्थिक लगायतका क्षेत्रमा हस्तक्षेपकै कारण आज विश्वका अधिकांश देशले नेपाललाई भारतको हिस्साको रुपमा चिन्दै आएका छन् । उदाहरणको रुपमा केही समय अगाडीमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाल भारतीय भूमिको हिस्सा हो भन्ने अभिव्यक्ति दिएको खबर अन्तराष्ट्रिय मिडियाले छापेको थियो । अमेरिका जस्तो देशले नेपाल जस्तो सार्वभौम सम्पन्न देशलाई समेत भारतको हिस्सा भन्दै अझै पनि भारतीय दृष्टिकोणले हेरिएको खबर सानो कुरा होईन ।
















