काठमाडौं । बेलायती संसदमा भएको मतदानमा सदनले प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव फेरि विफल पारिदिएको छ ।

यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रियालाई निकास दिने अपेक्षामा गराइएको मतदानमा मे को प्रस्ताव विफल भएको हो । मतदानमा सरकार २७ मतले पराजित भयो । सरकारको पक्षमा ३०२ मत पर्दा विपक्षमा ३२९ मत खस्यो । यसको अर्थ अब बेलायती सांसदहरू ब्रेक्जिटको विकल्पमा बहुमत खोज्नेगरी अगाडि बढ्नेछन् ।
प्रधानमन्त्री टेरिजा मेले सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको प्रतिक्रिया दिएकी छिन् । हाउस अफ कमन्स्को एजेन्डामाथिको नियन्त्रणले अप्रिय स्थिति उत्पन्न हुने सक्ने र नयाँ प्रक्रियाबाट प्रजातान्त्रिक संस्थामा असन्तुलन कायम हुने नजिर बस्न सक्ने तर्क उनको छ । प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रक्जिट प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
















