काठमाडौं । नेपाल–भारत बिच भएको खुल्ला सीमालाई व्यवस्थित गर्न समयसमयमा आवाजहरु उठ्ने गर्दछन् । खुला सीमानाका कारण उत्ता अपराध गरेर यत्ता आउँने वा यता अपराध गरेर उता जाने समस्या हुन्छ । यस्तो समस्यालाई नियन्त्रण गर्नको लागि सीमालाई व्यवस्थित गर्न आवश्यक देखिन्छ ।

यो बिचमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि एक बिलियन अमेरिकी डलर दिन अनुमति दिएको छ । राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने माग राख्दै आउँनु भएको थियो ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि भौतिक अवरोधको आवश्यकता भएको बताउँदै आएका छन् । तर उनका आलोचकहरुले भने ट्रम्पले आपतकालमा सीमाको निर्माण गरेको आरोप लगाउँदै आएका छन् ।
पाकिस्तानलाई ध्वस्त पार्न भारतले गर्यो यस्तो आविष्कार !
भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो ।
संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।”
भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताउनुभएको छ । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उहाँले स्पष्ट गर्नुभयो ।
भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।
















