भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना स्लोभाकियाकाे पहिलो महिला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी ।

सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उनी स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।

वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाएका थिए । तैपनि, मतगणनाको औपचारिक घोषणा आइतबार गरिने निर्वाचन आयोगले जनाएको छ ।

विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी भएको बताइन् । यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने विश्वास व्यक्त गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार