दुई पुरुषबाट एकैसाथ गर्भवती भइन् महिला ! जन्माइन् जुम्ल्याहा शिशु

एजेन्सी ।

दुई पुरुषबाट एकैसाथ एक महिला गर्भवती भएकी छन् । तर ती महिलाले आफ्नो श्रीमानसँग यस्तो योजना बनाएकी भने थिइनन् । उनले आफ्नो श्रीमानलाई चिटिङ्ग गरेर अन्य एक परपुरुषसँग एक रात बिताएकी थिइन् ।

जब ती महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिइन्, तब मात्र यो घटनाको खुलासा हुन पुगेको हो । ती जुम्ल्याहा शिशुहरुको अनुहार अलग–अलग थियो । ती महिलाको श्रीमान भने छुट्टा छुट्टै अनुहारको बच्चा देखेर छक्क परे । त्यसपछि ती दुवै बच्चाको डीएनए टेष्ट गरियो ।

यसरी डीएनए टेष्टपछि छुट्टा छुट्टै रिपोर्ट आयो, त्यसपछि ती महिलाले वास्तविकता बक्न बाध्य भइन् । उनले परपुरुषसँग रात विताएकी स्वीकार गरेकी छन् । यसरी वास्तविकता जान्नु अगाडि श्रीमानले भने बारम्बार श्रीमतीलाई प्रश्न गरिरहेका थिए । तपाईलाई यो पनि जानकारी गराउँ कि अलग–अलग पुरुषबाट एकैसाथ गर्भवती भएको घटना किनै रेयर हुन्छ ।

यो घटना हाम्रै छिमेकी राष्ट्र चीनको जिआमेन शहरको हो । डेली मेलले एक चिनिया अखबारलाई कोड गर्दै भनेको छ, ‘जब ती महिला आफ्नो दुई बच्चाको जन्म दर्ता गराउ पुगिन्, तब यस कहानीको खुलासा हुन पुग्यो । जहाँ दुई बच्चाको जन्म दर्ता गराउन पैटरनिटी टेष्ट गर्न भनियो । र, डीएनए टेष्टबाट खुलासा भयो कि ती दुई बच्चाको बुबा अलग–अलग हुन् ।’

फुजिआन झेन्गतई फरेन्सिक आइडेन्टिफिकेशन सेन्टरको निर्देशकका अनुसार डीएनएको रिजल्टबाट थाहा भयो कि एक बच्चाको आफ्नो बुबासँगको बायोलोजिकल रिलेशनशीप स्थापित भएन ।

निर्देशकले बताए अनुसार डीएनएको रिजल्ट आएपछि उनका श्रीमान निकै रिसाइरहेका थिए । सुरुमा उनकी श्रीमतीले आफ्नो एक्स्ट्रा अफेयरलाई इन्कार गरिरहेकी थिइन्, भने रिपोर्ट झुटो भएको आरोप लगाइरहेकी थिइन् ।

तर श्रीमानले धेरै नै सोधखोज गर्न थालेपछि श्रीमतीले स्वीकार गरिन्, परपुरुषसँग एक रात विताएकी कुरा ।
अनुसन्धान अनुसार एकै दिन दुई पुरुषसँग सम्भोग गर्दा दोस्रो गर्भ पनि रहने सम्भावना धेरै हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार