बेलायती राजकुमार ह्यारी र मेघन मर्केलले तोडे गिनिज रेकर्ड

– एजेन्सी

वेलायती राजकुमार प्रिन्स ह्यारी र राजकुमारी मेघन मर्केलले गिनिज बुकमा नाम लेखाउन सफल भएका छन्।

गिनिज वल्र्ड रेकर्ड बुक्समा नाम लेखाउने क्रममा प्रिन्स ह्यारी र मर्केलको इन्स्टाग्राम अकाउन्टले सबैभन्दा छिटो दशलाख फलोवर पाउने किर्तिमानी बनाएको हो।

ह्यारी र मर्केललको अकाउन्टले गत मंगलबार ५ घन्टा ४५ मिनेटमा दश लाख फलोवर पाएको गिनिज वल्र्ड रेकर्डले जनाएको छ।

यसअघि यस किर्तिमानी कोरियाली पपस्टार काङ ड्यानिएलको नाममा थियो। उनले यसै वर्षको जनवरीमा ११ घन्टा ३६ मिनेटमा १० लाख फलोवर पाएका थिए।

त्यसअघि पोप फ्रान्सिसले सन् २०१६ मा १२ घन्टामा दश लाख फलोवर पाएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार