अमेरिकाको रिपोर्टपछि भारत आक्रोसित भन्छ ‘पाकको विमान खसालेको हामीसंग प्रमाण छ’

पुलवामामा आक्रणपछि निम्त्याएको घटनाक्रममा भारतले पाकिस्तानसंग भएको अघोषित युद्धमा पाकको एफ १६ लडाकु विमान खसालेको दाबी गरेको थियो ।

जसलाई अमेरिकाको एक प्रतिष्ठित पत्रिकाले हिजोमात्र झुठो भएको दाबी गर्दे उक्त विमान प्रयोगमा नै नल्याएको र विमान सकुशल रहेको समाचार प्रकासित गरेको थियो । अमेरिकाको यस्तो दाबीपछि भारत आक्रोसित बनेको छ । उसले अमेरिकाको यस्तो दाबीलाई सिधै खण्डन र अस्वीकार गर्दे पाकिस्तानको एफ १६ विमान खसालेको अझै दाबी गरिरहेको छ भने उक्त विमान खसालेको आफुहरुसंग प्रमाण नै रहेको भारतीय वायु सेनाले दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दे भारतीय वायु सेनाले भनेको छ “नौशेरा सेक्टरमा भएको हवाई झडपमा भारतीय वायुसेनाको मिग २१ बाइसन विमानले पाकिस्तानको एफ १६ विमान खसालेको हो । त्यसको प्रमाण पनि हामीसंग छ” ।

भारतको दाबीलाई अमेरिकाले खुवायो फेल भन्छ “पाकिस्तानी लडाकु विमान सकुशल”

भारतले फेब्रअरी २७ बाट नै उसले पाकको विमान खसालेको भन्दै विमानको भग्नावषेश समेत देखाएको थियो तर अमेरिकाले भने उसको दाबीलाई फेल खुवाउने रिपोर्ट ल्याएको हो । पाकिस्तानले आफुहरुले एफ १६ विमान प्रयोगमा नै नल्याएको भन्दै भारतले त्यसलाई खसालेको भन्ने दाबीलाई उसले पहिलेदेखि नै खण्डन गर्दे आईरहेको थियो । अमेरिकाको यस्तो रिपोर्टपछि पाकिस्तानले कुनै पनि प्रतिक्रिया दिएको छैन तर भारत भने निकै रुष्ट बनेको छ । पाकिस्तानले नै अमेरिकालाई एफ १६ विमानको गणनाा गर्न बोलाएको थियो । गणनापछि अमेरिकन पत्रिकाले भनेको छ “पाकिस्तानको एफ १६ को गणनाको क्रममा सबै विमान यथावत रहेको र त्यसमा केही नोक्सानी पुगेको छैन । जुन भारतले गरेको दाबी सरासर गलत छ की उसले फेब्रुअरीमा भएको झडपमा विमानलाई खसालेको दाबी गरेको थियो ।”

पत्रिकाले उक्त झडपमा बरु भारतकै नोक्सान भएकोसमेत उल्लेख गरेको छ । उसले अगाडी भनेको छ “भारत पाकिस्तानलाई नोक्सान पु¥याउन असफल भएको छ बरु यस क्रममा भारतले आफनो एक विमान र हेलिकप्टर भने गुमाउनु परेको छ” । यसअघि भारतले बालाकोटमा गरिएको आक्रमणमा पनि ४ सय भन्दा बढि आतंककारी मारिएको र जैस ए मोहम्मद संगठनको ठुला अनि शिर्षस्थ नेता र कमाण्डर मारिएको समेत दाबी गरेको थियो । जुन दाबीलाई पाकिस्तानले मात्र होईन विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले समेत झुठो साबित गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार