एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनामा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ अप्रिल ११ अर्थात भोलीबाट प्रर्दशन हुने भएको छ । फिल्मले भारतीय सेन्सर बोर्ड र सर्वाेच्च अदालतबाट पनि अनुमती पाइसकेको छ ।
#CensorNews: #PMNarendraModi certified U by Indian censors #CBFC on 9 April 2019. Approved run time: 130 min, 53 sec [2 hours, 10 minutes, 53 seconds]. #India
— taran adarsh (@taran_adarsh) 9 April 2019
भारतको प्रमुख प्रतिपक्षि दल कांग्रेसले भने मोदीको बायोपिकलाई सुरुदेखि नै विरोध गर्दै आएको छ । त्यसका साथै चुनावको समयमा यो फिल्म रिलिज गरे भोर्टसहरु बीजेपी (भारतीय जनता पार्टी-नरेन्द्र मोदी सरकारको पार्टी)तर्फ आकृषण हुने भन्दै सुप्रिम कोटमा रोक लगाउन माग गरेको थियो । तर सुप्रिम कोटले सो कुरालाई रिजेक्ट गर्दै फिल्म प्रर्दशनको लागि अनुमती दिएको हो ।
With all your blessings, support and love,today we have won in the Honorable Supreme Court! A humble thank you to all of you and to the Indian juidiciary 🙏 for upholding our faith in democracy! Thursday 11th April. Jai Hind🇮🇳 🇮🇳 #PMNarendraModiWins https://t.co/fJLlgyslHQ
— Vivek Anand Oberoi (@vivekoberoi) 9 April 2019
अदालतले मोदीको बायोपिकले आचार संहिता उल्लंघन नगरेको बताउँदै चुनावको बेला रिलिज भइरहेको छ यसका लागि जे गर्नूपर्ने हो त्यो चुनाव आयोगले गर्छ भन्दै फिल्मलाई अनुमति दिएको जनाइएको छ । हाल भारतमा लोकसभा चुनाव भइरहेको छ । यद्यपी यो फिल्म प्रर्दशनको मिति सर्दै गएको थियो । यसपटक भने भोली प्रर्दशन हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
















