राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गरिन् १५ बर्षको आम्दानी विवरण सार्वजनिक, आम्दानी कति ?

अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारीको घोषणा गरेकी सिनेटर कमला ह्यारिसले १५ बर्षको ट्याक्स फाइल सहित आम्दानीको विवरण सार्वजनिक गरेकी छिन् । आर्थिक बर्ष २०१८ मा उनको समायोजित कुल आम्दानी झण्डै १९ लाख डलर रहेको छ भने उनले झण्डै ७ लाख डलर सरकारलाई कर तिरेकी छिन् ।

उनको आम्दानीको हिसाबमा उनले सरकारलाई आम्दानीको ३७ प्रतिशत कर तिरेको र विवाहित दम्पत्तिका रुपमा संयुक्त कर फाइल गरेको जनाइएको छ । कमला ह्यारिसले सन् २०१८ मा सिनेटको तलबका रुपमा १ लाख ५७ हजार ३ सय ५२ प्राप्त गरेको र आफूले लेखेको पुस्तक बेचेर एकबर्षमा ३ लाख २० हजार १ सय २५ डलर कुल नाफा कमाएको जनाएकी छिन् । श्रीमान् एमहोफले कानुन व्यवसायीका रुपमा काम गरेर १ मिलियन डलरभन्दा धेरै कमाएको फाइल गरेका छन् । यसरी उनीहरुको आम्दानी १८ लाख ८४ हजार ३ सय १९ डलर पुगेको छ ।
-खसोखास

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार