एजेन्सी ।

ब्रिटेनका रक्षामन्त्री गेविन विलियम्सनलाई बर्खास्त गरिएको छ । उनीमाथि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को उच्चस्तरीय बैठकको सुचना लिक (चुहाएको) आरोप लागेको थियो । छानविन पछि उनलाई दोषि ठहर गर्दै बर्खास्त गरिएको हो ।
सन् २०१७ देखि पद वहाली गर्दै आएका उनको क्षमता र उनीमाथिको भरोसा गुमेको प्रधानमन्त्री टेरिजा मेले बताएकी छन् । प्रधानमन्त्री मे ले २३ अप्रिलको बैठकको सुचना लिक गर्नु निकै निराशाजनक कुरा रहेको बताएकी छन् ।
उनीमाथि चीनको हुवावे कम्पनीको बेलायतमा फाइज–जी नेटवर्क तयार गर्न सहयोग गर्ने योजनाको विषयसम्बन्धी जानकारी चुहाएको आरोप छ।
विलियम्सले भने कुनै जानकारी नचुहाएको दाबी गरेका छन्। अब पेनी मोरण्डट बेलायतको नयाँ रक्षामन्त्री बन्नेछन्।
















