काठमाडौं ।

भारतमा अहिले लोकसभा चुनावको मतगणना भइरहेको छ । मतगणनाको क्रमम सत्ताधारी पार्टी बिजेपीले आफ्नो अग्रता कायम राखेको छ । मतगणनाको पछिल्लो चरण बिजेपी ३ सय ३० भन्दा धेरै स्थानमा अग्रता बनाइरहेको छ ।
यस्तै क्रममा मध्यप्रदेशस्थित सिहोरको एक मतगणना केन्द्रमा सिहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको हृदयघात कारण मृत्यु भएको छ । मतगणना हेर्न गएका ठाकुरको अचानक मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मतगणना केन्द्रमा बसेकाहरुका अनुसार मतगणना केन्द्रमा पुगेका ठाकुर कुर्सीमा बसिरहेका थिए । बस्दाबस्दै उनी कुर्सिमै लडेका थिए । त्यसपछि अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको आजतकले लेखेकाे छ ।
















