भारतमा एक भवनमा भिषण आगलागी : १९ को मृत्यु, ज्यान जोगाउन ४ तलाबाट हामफाले

एजेन्सी ।

भारतमा भएको भिषण आगलागीमा परी १९ को मृत्यु भएको छ । गुजरातको सुरत भन्ने ठाउँको सरनाथ क्षेत्रमा रहेको तक्षशिला कम्पलेक्सको दोस्रो तलामा आगो लागेको हो ।

कोचिंग सेन्टर चलिरहेको बेला आगलागी हुँदा त्यहाँ पढ्ने विद्यार्थीहरुले हामफालेर ज्यान जोगाएका थिए । त्यस मध्येका केही गम्भिर घाइते भएक छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

मृत्यु हुनेमा १५ बाल-बालिकाहरु रहेको भारतीइ सञ्चार माध्यमले जनाएका छन् । १४ देखि १७ वर्ष उमेरका मृतकका परिवारलाई गुजरात सरकारले ४-४लाख रुपैयाँ दिने भएको छ ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । आगो कस्ले लगायो भन्ने खुलेको छैन् । आगो तेस्रो र चौच्थो तलामा लागेको थियो । १९ दमकल गाडीहरुले आगो नियन्त्रणमा लिन सहयोग गरेका थिए । आगो शुक्रबार दिउँसो लागेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार