रमेश कँडेल, ब्रुज।

बेल्जियममा गत २४ घन्टामा ५२६ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ३८१ (७२%) Vlaanderen, ८७ (१७%) Wallonië, ३८ (७%) Brussel र ठेगाना थाहा नभएको २० (४%) छन्।
आजसम्म बेल्जियममा ४२६९ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार २५९४ (६१%) Vlaanderen, १०५८ (२५%) Walloniē, ४८८ (११%) Brussel र ठेगाना थाहा नभएको १२९(३%) छन्।
बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट गत २४ घन्टामा ३४ सहित १२२ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। गत २४ घन्टामा २५६ जना भाईरस संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ। ६० जना उपचार पछी घर फर्किएका छन्।
१५ देखी २३ मार्चको बिचमा १८५२ बिरामीलाई हस्पिटलमा भर्ना गरिएकोमा ४१० जना उपचार पछी घर फर्किएका छन् ।
यस कोरोनाको क्राईसिसको समयमा केही ह्याकरहरु सकृय रहेकोले SMS , ईमेलबाट कसैले रजिस्टर गर्न पठाए आफ्नो क्रेडिटकार्ड प्रयोग नगर्न बेल्जियमको प्रहरीले सल्लाह दिएको छ। अनलाईनवाट मास्क, औषधि, लगाएत का सामग्रिहरु किन्दा पनि सतर्क रहन सल्लाह दिएको छ। WHO को वेवसाईट भन्दै कसैले ईमेल पठाएर सहयोग माग्दा पनि सचेत रहन आग्रह गरेको छ।
बेल्जियमको फ्लामिस सरकारले यो कोरोना संक्रमणले गर्दा बेरोजगार हुन पुगेको परिवारहरुलाई करिब १ महिना बराबरको बिजुली, पानी र ग्यासको महसुल पनि तिरिदिने भएको छ।
बेल्जियमको सिन्ट-त्रैदिन लगायत वरिपरिको ठाँउमा सबैभन्दा बढि कोरोना भाईरस भेटिएको बेल्जियमको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

बेल्जियमले आफ्नो छिमेकी देशहरु फ्रान्स र नेदरल्यान्डको सिमा बन्दगरेका छन् । ठाँउ ठाँउमा सिमेन्टब्लक राखिएको छ । यसको साथै बेल्जियमको ब्रसेल्समा रहेको पर्यटकहरुको आकर्षणको केन्द्न मानक पिसलाई मास्क लगाईदिएका छन्।
















